सार्वजनिक विदामा पनि खुल्दै श्री बाल मन्दिर प्राथमिक विद्यालय

असोज १६, २०८०

पर्वत : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मा  रहेकाे श्री बाल मन्दिर प्राथमिक विद्यालयले असोज २८ गते र २९ गते परेको घटस्थापनाका दिनमा पनि पढाउने भएकाे छ।

विद्यालय शिक्षा विधेयक २०८० को बिरोधमा शिक्षकहरुकाे काठमाण्डौँ केन्द्रित सडक आन्दोलनको कारण असोज ४ र ५ गते  विद्यालय बन्द भएकाे थियाे । २ दिन विद्यालय बन्द हुँदा विद्यार्थीहरुको अध्ययनमा क्षति पुगेकोले क्षतिपूर्तिको लागि बिदाका दिनमा पनि विद्यालय सञ्चालन गरी नियिमत पठनपाठन गर्ने निर्णय भएको श्री बाल मन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक लाेक बहादुर रानाले बताए ।

कुश्मा नगरपालिकाको बार्षिक कार्यतालिका र श्री बाल मन्दिर प्राथमिक विद्यालयकाे शैक्षिक कार्यतालिका अनुसार २६ गतेबाट हुने भनिएको दशैं विदा ३० गतेबाट गर्ने निर्णय भएको छ । 

संसदमा दर्ता भएको बिधेयक शिक्षा र शिक्षकको हित विपरित उनीहरूलाई नै हताेत्साहित गर्ने व्यवस्था सहित आएकोले शैक्षिक सुधारका लागि विधेयकमा शंसोधन गर्नुपर्ने माग सहित शिक्षकहरुले आन्दोलन गरेका थिए । शिक्षकहरूले सकेसम्म सडक आन्दोलन गर्न नपरोस भनि शान्तिपुर्ण रूपमा पटकपटक सरकारलाई विधेयकमा भएको व्यवस्थालाइ शंसाेधन गर्न अनुरोध गरेतापनि कुनै सुनुवाइ नभएकाेले उक्त विधेयकको बिरोधमा सडकमा उत्रिनुपर्ने बाध्यता थियाे  तर त्यसको घाटा बिद्यार्थी तथा शैक्षिक क्षेत्रमा हुन नदिनको लागि २ दिन विद्यालय नियमित रूपमा सञ्चालन गरी पठनपाठन गर्ने निर्णय भएको प्रधानाध्यापक रानाले बताए ।


Post a Comment

0 Comments