इश्वर सत्यका बाणी कविताहरु नियाल्दा

ॐ श्री गणेशाय नम

सुन्दर प्रसाद जोशी “बादल”

    साहित्य समाजको ऐना हो भनिन्छ । युग र समाजले जीवन अनुभूति भाषाका माध्यमबाट लेखकले साहित्यमा अभिव्यक्त गरेका हुन्छन् । जीवन, विम्व र प्रतीकको चयन गरी समाज, पाठक समक्ष पस्कने चाहना अनुरूप साहित्य साधकहरुले साहित्य सिर्जना गरेका हुन्छन् । साहित्यकारहरुले आफ्नो चाहना र सोच अनुसार कृतिको सृजना गरेको हुन्छ ।

    गण्डकी प्रदेश अन्तरगत पर्वत फलेबास नगरपालिका वडा नं ६ देविस्थानका इश्वर सत्यले साहित्य विधा अन्तरगत गद्य र पद्म तथा वाणीका विषयमा शब्द चयन गरी लेख, बाणीहरु समाजमा पस्कने गरेका छन् । पर्वत जस्तो अति दुर्गम र अबिकसित क्षेत्रमा रहेर, जन्मेर पनि उत्कृष्ट साहित्य साधकहरूको कमी छैन? यहाका साहित्य साधकहरुको नाउँ लिनुपर्दा मुडिकुवाका गोमा, पकुवाका कृष्णबम मल्ल, बाजुङका श्यामानन्द पौडेल, फलेवासका कालीभक्त पन्त, मल्लाजका मोहन बहादुर मल्ल तथा पाङका जयदेव, नारायणप्रसाद र कुश्माका भवानीशंकर अग्र पंक्तिमा आउछन् । हुनत परापूर्वकालमै “न्याय नपाए गोर्खा जानु, ज्योतिषशास्त्र शिक्षाको लागि पाङमा जानु” भन्ने जनबोली अझ पनि जनजनको जिब्रोमा झुण्डिएको छ । गोर्खाका रामशाहको न्याय, पाङको ज्योतिष शास्त्रको उत्कृष्ठताले नै हुन सक्छ ।
हाल आएर पनि पर्वतमा साहित्य क्षेत्रका नव पालुवाहरु प्रशस्तै पाउन सकिन्छ साहित्यीक साधनामा नेपालको पश्चिम क्षेत्र गण्डकी प्रदेश पर्वतमा साहित्य साधनाको कमी देखिएको छैन । यही क्रममा धौलागिरीका नेपाली साहित्यबाट संस्थाहरुको बारेमा पाङका प्रा.डा. षडानन्द पौडेलले यहाँका साहित्यक साधकहरु ८३ जनाको नामावली लिपिबद्ध गर्नु भएको छ ।

    उहाँबाट लिपीबद्ध साहित्य साधकहरुको नामावलीमा केही छुट पनि भएको हुन सक्छ । तापनि उहाँको सोधखोज प्रति साधुवाद दिनै पर्दछ । नयाँ सोधखोज गर्ने विद्यार्थी पाठकहरुलाई अघि बढ्न सुगम बाटोको डोरेटोलाई सुगमता तुल्याउनुभएको निश्चित छ । पर्वत जस्तो दुर्गम गाउमा जन्मेका इश्वर सत्य साधारण गाउँका निम्न वर्गियका व्यक्ति हुन । यिनको जन्म स्थल पर्वत जिल्ला सदरमुकाम दक्षिण देवस्थान निवासी हुन । यिनी युवा अवस्था देखि नै साहित्य साधनामा लागेका साहित्य प्रतिभाका नवोदित प्रतिभाहरुका साधक हुन् । इश्वर सत्यका पिता थानेश्वर कुवर माता नारायण कुमारी कुवरको कोखबाट वि.सं.२०३७।८।२७ मा फलेवास न.पा.–६, देविस्थानमा जन्मेका हुन् । उनले साधारण लेखपढ कक्षा १० सम्म अध्ययन गरेका भए पनि  साहित्य साधनाबाट आफ्नो परिचय दिन सफल व्यक्ति हुन् । उनबाट सिर्जित वाणीले गर्दा एक अध्यात्मिक व्यक्तिको रुपमा परिचय दिन सफल भएको व्यक्तिको रुपमा लिन सकिन्छ ।

    अर्को तर्फ इश्वर सत्यले निरन्तर संघर्ष गर्दै साहित्य साधक प्रष्फुटन गर्न प्रयासरत साधक हुन् भन्नमा अत्युक्ति नहोला । उनका कविता र कृति, साहित्यमा पु¥यानुभएको योगदानको लेखा जोखा गर्दा हाल सम्म सिर्जित सोह्रौ साहित्यका श्रृंखलाहरूलाई लिन सकिन्छ ।
साथै उनले सृजना गरेको वाणी का शब्दहरुले गर्दा मानव जीवन यापनकालागी सुगम बाटोको रूपमा लिन सकिन्छ । यही सत्ये परक जीवन रुपी आहार व्यवहारका सुगमता हुन भन्न सकिन्छ । उनको वाणी “जीवनको पहिलो आधार सत्य हो ।
” १६१ “ज्ञानको पहिलो खोज शान्ति हुन ।” ११४
ईश्वर सत्यको वाणी सर सरर्ति पढने क्षणमा केही निम्न महान व्यक्ति, ऋषिहरुको वाणीहरु स्मरण भयो ।
“असर तिनै हुन्छन् जो आफ्नो शेष पछि पनि अरोग्य भई रहन्छन् । फूल मरेर जान्छ तर रचनाहरु आ–आफ्नो रचना भित्र सुगन्ध, सुष्मा र सम्पूर्ण मधुकोष संगित गर्छ । भाषा ध्वनि र रंगका माध्यमबाट साहित्य सञ्चित र कलामा शाश्वत बन्छ । जीवित छदैमा पनि श्रष्टा अमर हुन सक्छन् ।”
–तोत्रराज पाण्डे
“सानै वस्तु समूह पनि कार्य साधक हुन्छ, खरको समूहले बनेको डोरीले मत्ता हात्ती पनि बाधिन्छ ।”
“मन्त्र नहुने अक्षर, औषधी नहुने जरा, अयोग्य मान्छे छैनन्, प्रयोग गर्ने विज्ञ पाउन मुश्किल हुन्छ ।”
–अमूक
“राजनीतिमा म समाजवादी हूँ, साहित्यमा अराजकतावादी हूँ । माक्स गान्धीलाई मैले साहित्यबाट अलग राखे । फ्रायडबाट चाहि प्रभावित छु ।” –बी. पी. कोइराला
“म पानी जस्तै कहाँबाट आएँ र हावा जस्तै कहाँ कहाँ जानेछु ।”
                            उमर खैयाम
“विश्वलाई शरण दिने तिमी आफ्नो जगन मन्दिरमा आशीन छौं ।
– रविन्द्रनाथ टैगोर
“मैले श्वरको मृत्युलाई काखभरी खेलाएको छु ।”
–पारिजात
“जो यो मान्छे भनी ठान्छ, जो यो मारिन्छ ठान्दछ दुवैको झुट हो ज्ञान यो नै मारिन्छ, मर्दछ ।”
कोमलनाथ अधिकार
 “जसको जन्मले वंशको समुन्नति हुन्छ त्यसको जन्म नै जन्म हो ।”
–अमुक
यसको साथै मलाई महर्षि अरविन्दका केही महान वाणी स्मरण भयो ।  
“मानिसको जीवन दिव्य जीवनतर्फको आरोहण छाया हो, मानिसको सबै कार्यहरूको सार यही हो र मान्छेका सबै कामहरू यह महान लक्ष्यका लागि स्वीकार्य बलिदान पनि हुन् ।”
“कुनै काम घटिया हुदैन, केवल काम गर्नेहरु घटिया हुन्छन् ।”
यदि हामीसँग भावना छ भने सानो भन्दा सानो काम गरेर हामीले भगवान्को सेवा गर्न सक्छौ।”
“सबै कुरालाई मह जस्तै मीठो बनाउनु, यही नै दिव्य जीवन बाच्ने ढंग हो ।”
“समग्र जीवनै दिव्य जीवन हो ।”
यी माथिका प्रभुत्व व्यक्तिहरु, महार्षिको महान वाणीहरु स्मरणका साथै इश्वर सत्यले समाजमा पस्केका बाणीहरु उल्लेख गरेका पुस्तकहरु मेरो साथ आई पुगेको छ । तीनै कृतिहरु हुनः– कल्याण १३ औं श्रृंखला,  विवेक २०७४ १२ औं श्रृंखला, इश्वर ग्रन्थ, सत्य ग्रन्थ १६ औ श्रृंखला र प्रतिभा १४ औं श्रृंखला ।
इश्वर सत्यंका माथिका ग्रन्थहरु नियाल्ने प्रयास गरे । पी श्रृंखलाहरुमा कल्याण १३ औ पुष्पमा कविता १४, वाणी १६४, विवेक १२ औ वाणीमा कविता ५१, वाणी २७, इश्वर ग्रन्थ सत्य १६औं पुष्पमा कविता ३८१, नेपाली, अंग्रेजी भाषाका गरी १७६ र प्रतिभा पुष्पमा कविता नेपालीमा ५०, अग्रेजी भाषाका १४, बाणीहरु १२८ उल्लेख गरेको पाए । यी पुष्पहरुमा उल्लेख भएका वाणीहरुको विषयमा घोत्लिन चाहदा चाहदै पनि केही कविता, केही वाणीहरुको शब्दार्थहरुमा इश्वर सत्यका रचना प्रतिभा, कृतिमा म उभिने प्रयास गरेको छु ।
इश्वर सत्यका कृति प्रतिभा को कभर तर्फ उन्मुख हँुदा शिरमा ’प्रतिभा’ पुस्तक (कृति) को नामांकरण उल्लेख भएको छ । कृतिका विधाको रुपमा कविता÷महान वाणी संग्रह उल्लेख भएको छ भने पुछार बायाँ तर्फ इश्वर सत्य उल्लेख भएको छ । कृर्तिका कभरमा आकर्षक रंगिन पुष्पहरु, पृष्ठभूमि आकेसे निलो सजावटले कृतिलाई आकर्षक तुल्याएको छ ।
भित्रि पृष्ठ चौधौं काव्य कृतिको भूमिका लिमिठाना मा.वि.का प्र.अ. श्री यामप्रसाद शर्माले आफ्ना भावनाको साथै सर्जक इश्वर सत्यका कृतिका वारेमा भावनाका पुन्जहरु व्यक्त गर्नु भएको छ । यो चौधौं कृतिको सुभारम्भमा इश्वर सत्यले यस कृतिका वाणी तथा कविताहरु ४० विद्धानबाट प्रमाणित भएको भनी उल्लेख गरेका छन् ।
इश्वर सत्यले शुभारम्भमा नै उल्लेख गरेका शब्दार्थहरुलाई यथावत नै राखी कृतिमा लिपि बद्ध गरेका वाणी १ देखि १२८ सम्म मध्ये निम्न वाणीहरुलाई यहा उदृढ गर्न चाहान्छु ।
३) ज्ञानको विकास हुन चरित्रको विकास हुनुपर्छ ।
८) त्याग पछि मात्र महान क्षमता लागु हुन्छन
१२) दम्भका सुरुवात नै विद्रोहका शुरुवात हो ।
१७) म त्यो लक्ष्य पुरा गर्छु जुन सबैको हित छ
२१) आचरण तिम्रो जीवन हो ।
३२) शान्तिबाट मात्र प्रकृति शोभा उठाउन सकिन्छ
३७) जीवन धन दिएर मर्दैन, ज्ञान लिएर मर्छ ।“
४७) त्याग विना कार्य शिद्ध छैन।”
५९) कार्य शिद्ध गर्ने त्यागको आवश्यक पर्दछ
६३) नम्रताले जीवनलाई जीवन्त पार्न सकिन्छ ।  
७१ शुभ काममा शुभ लक्ष्य पूरा हुन्छ ।
७२) “सच्या मानव हुन स्वार्थ त्याग
८८) तिम्रो देश तिमीले नै प्रगति गर्नु पर्छ ।
९०) “ज्ञान विवेक तिम्रा चरित्र हुन्।
९४) “जनता नैे देशका स्वाभिमान हुन् ।
१००) बुद्धको विचारबाट इश्वरको स्मरण हुन्छ ।
१०३) विवेकी नेताले मात्र देशलाई प्रगतिमा लेजान्छ ।“
११४) ज्ञानको पहिलो खोज शान्ति हो।
११६) जीवनको पहिलो आधार सत्य हो ।
११९) कानून नभए देश छाडा हुन्छ ।“
१२५) कठोर तपस्या विना ज्ञान सम्भव छैन
१२७) जीवन अस्तित्वको संघर्ष हो ।
१२८) जीवन यात्रा संग टुंगिन्छ
इश्वर सत्यका माथिका वाणीहरु सँग उत्कृष्ठताको कसीलाई म यहाँ उतार्ने प्रयास गरें । उहाँले यस कृतिमा पस्केका १२८ बाणीहरु नै उत्कृष्टताको सूचीमा दर्ज हुन सक्लान भन्ने मेरो धारणा छन । उहाले पस्केका वाणीहरु देश प्रेम, जीवन चरित्र, आध्यात्मिक, देशका कानून, शान्तिको बाटो, जनताको स्वाभिमान विवेकी नेताका बारे, स्वाभिमानी जनता, ज्ञान, विवेक चरित्र, स्वार्थ, त्याग, नम्रता, त्यागको शिक्षा, जीवन धन, शान्ति, आचरण, दम्भको कुरा त्याग ज्ञान जस्ता जनमानसको जीवन व्यतितलाई, अपनाउनु पर्ने लक्ष्य पूर्ति देशप्रेम जस्ता वाणीहरुलाई अघि सार्नु भएको छ । उनको भावना, सुझाव, निर्माण जस्ता कार्यलाई पछ्याउन सके पक्के पनि जीवन सार्थक हुने विश्वास लिन सकिन्छ ।
इश्वर सत्य’ वाल्यकालमा चूडामणी कुबरको नाउले पढे हुर्के । यौवन अवस्था अर्थात १९ वर्ष हुँदा विहान ३ घण्टा बुलकी ३ घण्टा पानीमा आसन जमाई ध्यान जपमा मग्न हुने गरेको उनले योगध्यानको समयमा देव, दर्शनको अनुभूति प्राप्त गरेको, मानवता, शान्तिका विषय र हालको विसंगति हत्या हिंसा अमानविय व्यवहारहरु चरम रूपमा विकृतिमय भएको अनुभूति गरेको कुरा उहाँ स्वयम् बताउनु भयो । यही अनुभूतिले गर्दा स्बत स्फुर्त प्रष्फुटन भएको वाणीहरुको कुरा पनि वताए ।
ईश्वर सत्यका प्रस्फुटन भएका हुटहुटी अथाह छन । यहाँ मैले उहाँबाट महान वाणी भनी व्यक्त गरेका शब्दार्थहरुलाई सहमति जनाउन सकिन । महानवाणी शब्दतर्फ उन्मुख हुँदा वडावडा साधुसन्त, महन्त, महाराजा तथा चर्चित महापुरुषहरुले व्यक्त गरेका भावनालाई मात्र महान वाणीको संज्ञा दिन पर्ने हो कि? ईश्वर सत्यबाट प्रस्फुटन भएका वाणीलाई महान वाणीको संज्ञा दिन म सहमत भइन । वाणी मात्र भनी लिपीबद्ध गर्नु पर्ने हुन सक्छ । यही इश्वर सत्यलाई सुझाव दिन उपयुक्त होला कि ? जस्तो लाग्छ । त्यसैले मैले माथी शिद्ध महर्षि तथा महा पुरुषहरुको महानवाणीहरुलाई उदृढ गरेको छु ।
इश्वर सत्य आफ्नो पहिलो कृति पनि प्रदान गर्दै कृतिमा भएका आफ्ना भावना पोखे। “जीवनमा परमात्माको सेवा, मानव सेवा नै ः सास्वत सत्य रहेछ । मानव जन्म भए पछि एक दिन प्राण त्याग्नै पर्ने इश्वरीय नियम रहेछ । आफू बाचिन्जेल मानव सेवा गर्नु नै ठूलो धर्म रहेछ ।” यसरी आफ्ना भावनामा बहकिएका थिए।
साहित्यमा विभिन्न विधाहरू छन् । अन्य विधा भन्दा कविता विधा सबभन्दा लोकप्रिय मानिन्छ । हाम्रो जिब्रोले विभिन्न प्रकारका स्वादको पहिचान पाउँछ, कविता भित्र पनि यस्तो हुन्छ जसले सबैलाई जागृतिको सन्देश पिलाउन सक्दछ । लेखकहरु लेख्दछन् ’मानिसलाई उद्देलित बनाउने, तरङ्गीत बनाउने र झङ्कृत बनाउने बलियो हतियार नै कविता हो ।”
कविहरू आफ्ना भावनाहरुमा मीठो शब्दाङ्कले जिब्रोमा, पान गराएर रक्त संचार गराए झैं शरिरको विभिन्न तन्तुहरूमा सम्प्रेषण गराउन सफल हुन्छन् । साथै आफ्ना भावनाका भावहरु मीठो शब्दले कवितात्मक शब्दले अथवा गितीलयमापान गराउन पनि सक्दछन । लेखक कविको लेखानी शब्द मार्फत ज्ञान, गुण, अनुभवलाई पनि पाठक वर्गलाई पिलाउन प्रयासरत हुन्छन् ।
इश्वर सत्यका कृतिहरु सोह्रौ श्रृंखला सम्म घोत्लिन तर्फ ध्यान नदिई प्रथम पुञ्ज “उत्थान” कृतिको पान सबै तर्फ दृष्टि नदिई पहिलो कविताको शीर्षक तर्फ मेरो ध्यान आकर्षण गरायो ।
कवि सत्यले प्रथम कृति सृजना गरेको समयमा देशमा हत्या, हिंसाको श्रृंखला चरम चुलिमाा रहेको थियो । विहान घरबाट निस्केको परिवारका सदस्य घरमा फर्कि आउने नआउने चिन्ताले नै दिन व्यतित गर्नु पर्ने वाध्यता थियो । त्यस्तै रातीसँगै घरमा सुतेका परिवार मध्ये कसले, कतिवेला संसारबाट विदा लिनुपर्ने हो, यही शंका, आशंका, भय त्रासले जीवन बिताउनु परिरहको शंकाको त्रासको समय थियो । कवि इश्वर सत्यले यही त्रासादि क्षणमा शान्ति बिना जीवनै, नरहने आँकलन गरी खोई शान्ति शीर्षकमा आफ्नो भावना पोख्दछनः–
शान्ति कहाँ लुक्यो
रुन्छु कराउँछु वर्वराउछु
कहिले शान्ति खोज्दा खोज्दै होस छाडदछु ।।
उनले आफ्नो जन्मभूमि नेपाल भूमि“शिर्षकमा सुन्दर देश नेपाललाई स्मरण गर्छन्, कविता कोर्छन
हेर सुन्दरताको मनोरञ्जन
भरपुर आनन्द
प्राकृतिक रमणीय आनन्द ।।
इश्वर सत्यले चौधौ कृतिको विश्व सन्देश शिर्षकमा मानविय बन्धुत्व लाई चित्रित गर्दै लेख्छन्
हुदैन प्रगति प्रेमका जगाएर नगए
जुट्दैन मानवता सिदान्तमा सरेर नगए
नेपाल र नेपाली शिर्षकमा कविले राष्ट्रका नेपाली प्रति लक्षित गर्दै शान्ति भूमि एकताको सन्दर्भ भावना पोख्छन ।
ज्ञान भूमि,
शान्ति भूमि उठेको
एकता भातृत्वले प्रेम गुणका,
विश्व प्रेम शान्ति सिकाउने
जवानीको सन्दर्भमा कविले निम्न भावना व्यक्त गर्दछन्
उर्ले जीवन मस्ती छ
उत्सुकता सँगै प्रेमले मस्ती
छ जान्नु पर्ने यथार्थताले  
सत्य सन्देशमा इश्वर सत्य भाव विभोर हुन्छन् ।
यो मानव सत्यता हो
चेतना हो
अनि बन्धुत्व हो
ॐ विज्ञ ज्ञानी स्वभिमानी पनि
कवि इश्वर सत्य जीवन यात्रा र अन्य शीर्षकमा रमाउछन्
प्रकृति साथी अनन्त जीवन व्यतित गरि रहन्छ
स्वाभिमानमा कुद्न संघर्षै संघर्षमा लक्ष्य भेटाउन
उ कुड्दा कुद्दै प्रकृति सँगै यात्री बनेर
जीवन अन्त्य गर्छ ।
कवि आफनो स्वभावको बारेमा म शीर्षकमा यसरी व्यक्त गर्दछन । ,
म जुद्छु
म कुद्छु
कले अशान्तिका हिंसा मेटाउन
शान्ति भातृत्व जुटाउन
विश्व वातावरणका सम्बन्धमा विश्व चर्चा शीर्षकमा चर्चा परि चर्चा गर्दछन् ।
कस्ले पायो मानवता, चेतना
झनै बढ्दो हिंशा, आतंक युद्ध ?
हतारोमा हतियार का होड़
तमसा सिद्ध गर्ने विचित्र
इश्वर सत्य मेरो दावी शीर्षकमा हत्या हिंसा कानून नीति मानव अस्तित्व बारे लेख्छन
हटाई हिंसा, हत्या आतंक युद्ध
सबै राष्ट्र शान्ति वन्धुत्व दिएर
कानून नीति बन्धुत्व दिएर
मानव अस्तित्वमा अधिकारलाई
आफू जन्मेको देशको रमणीय हिम श्रृंखला जस्ता रम्य स्थल, पहाड, तराई समेतको गुणगान गाउँछन ।
हिमाल, पहाड, तराई
छ शान्ति विज्ञ ज्ञानी विवेकमा
प्रेम सिद्ध प्रेरणामा
गौरव अनि विश्व विशाल सार्वभौम सत्ता छ
आफ्नै जीवनको चर्चा गर्न कवि पछि पर्दैनन् । जीवन चर्चा शिर्षकमा उनी घोत्लिन्छन्
चोटै चोट पाएपनि
जीवन कथामा
नगल्र्याम्म ढल्छ
न धपक्क बल्छ ।
प्रजातन्त्रमा जनताले धेरै आशा गरेका हुन्छन् । नेताहरु आफ्नै स्वार्थमा मात्र लिप्त भएकोमा उनी व्यंग्य गर्छन । नेतृत्व शीर्षकमा ।
शान्ति एकता भजाएर
सभ्यता भनि उठेका छन
हिंसा हत्यालाई स्वभिमान भन्दै
शुभ र शोभा देश भनेका छन् ।
देशको शासन पद्धतिले जनता स्वर्णिम युगको आशा गरेका हुन्छन् । हाम्रो देशको कानूनको प्रशंसा गर्न पनि पछि पर्दैनन् ।
जो प्रजातन्त्र भइकन
उठेर विधि अस्तित्वमा
जुटेर स्वाभिमानका सिद्धान्त
प्रकृतिको नियम योग्य कानून
इश्वर सत्य कल्पनाको महलमा डुबुल्की मार्दछन । उनी कल्पनाको संसार शिर्षकमा रमाउदछन ।
अघि सरी उर्लेर
कथाको यात्राया यात्रु बनेर
दृष्य देखि अस्तित्वको
जीवन जीवन मार्ग निर्देशमा
बन्दै सु–स्वाभिमान आस्तित्व खोजी
कद्दा कुद्दै रमाइ रमाई मर्नु पर्ने रहेछ ।
माया, प्रेम, नङ र मासुको सम्बन्ध जीवनमा सबैले स्वीकारे के छन्, सत्यले पनि प्रिया शिर्षकमा अफ्ना पोखेका छन्
म प्रति अस्तित्व
अनि तिमी पनि  मात्र समनता
स्वाभिमान नीतिका सिद्धान्त बन्दै
ठूलो को छर ?
न तिमी न म
एकै नीति, सिद्धान्त
प्रेम जीवनका जीवन्त
विश्व सन्देश शीर्षकमा इश्वर सत्य शान्तिको पक्षमा उभिएका छन् ।
स्वाभिमान अस्तित्वले उच्च गरी
शान्तिसंग सबै बिवेकीमा
आज विश्व नीति कानूनमा
उत्तरदायित्व छ ।
इश्वर सत्यका एक देखि सोह्र सम्मका कृतिहरुमा कविता, वाणी संग्रह भनि प्रकाशन गरेका छन । मैले माथि उल्लेख गरी सकेको छु । उनको महान वाणी शब्दमा म सहमत हुन सकेको छैन“ वाणीलाई स्वीकारेको छु । उनको सोह्रौ कृतिको शब्दार्थहरुका वाणी नेपाली भाषाका ३८१ र अंग्रेजी भाषाका १७६ समेत ५६७ वाणी छन ।
मन्दिरमा बली नचढाउनु ।
इश्वर एक मात्र छ
काम गराई रहन्छन ।
म युद्धको लागी होइन शान्तिको लागि जन्मेको हुँ ।  
शुभ कामना गर्न शुभ ज्ञान चाहिन्छ ।
इश्वर सत्यको साहित्य सिर्जनामा अग्रसरता बढी नै छ । उनको हुत हुति देख्दा उनले धेरै कृतिहरु समाजमा पस्कने छन भन्ने विश्वास छ । समाजमा प्रकाशन भएका कृतिहरुमा भाषिक शब्दार्थ, शब्दार्थका सुद्धतामा भएका कमि कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने प्रयास गरेमा एकदिन उनी उच्च साहित्यकारको दाँजोमा पुग्नेछन भन्ने विश्वास लिन सकिन्छ । आगामी दिनहरुमा इश्वर सत्यबाट परिमार्जित सिर्जनाको लक्ष्य पुरा गर्ने आशा राख्दछु । उनको इच्छा पुरा हुँदै जाओस यही शुभकामना ।
सुन्दर प्रसाद जोशी “बादल”
कुश्मा न.पा.–४, पर्वत
९८५७६३००११

Post a Comment

0 Comments