भदौ २९, २०८०
कुश्मा नगरपालिका वडा नंं. ५ मा रहेको श्री बाल मन्दिर प्राथमिक विद्यालयले बालबालिकामा लगानीः सुनिश्चत भविषयको थालनी भन्ने मूल नाराका ५९ औं राष्ट्रिय बाल दिवस विद्यालयमा विभिन्न कार्यक्रमहरू आयाेजना गरी भव्यताका साथ सम्पन्न गरेकाे छ ।
विद्यालयले कक्षा १ र २ का लागि चक्लेट दाैड, कक्षा ३, ४ र ५ का लागि चम्चागुच्चा दाैड, र कक्षा २, ३, ४ र ५ का लागि लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरी सम्पन्न गरेकाे हो ।
चक्लेट दाैडमा कक्षा १ का आनन्द परियार प्रथम, कक्षा २ का प्रेम नेपाली द्वितीय, कक्षा २ का साजन लामगादे तृतीय र कक्षा २ कै सन्ताेषी परियार सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै चम्चागुच्चा दाैडमा प्रथम स्थान कक्षा ५ का सुजल श्रीस, द्वितीय कक्षा ५ का साेनल टमटा, तृतीय कक्षा ४ का विराज परियार, तृतीय स्थान कक्षा ५ का सोमिया खातुन रहेका छन् ।
प्रतियोगिता सम्पन्न प्रश्चात पुरस्कार वितरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्र.अ. लोकबहादुर राना मगरले विद्यार्थीभाइवहिनीहरूकाे हकहितको संरक्षणका लागि विद्यालय र विद्यालय परिवार सदैव लागि परिरहने बताउनु भयो । त्यस्तै पुरस्कार वितरण कार्यक्रमको समापनको क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन गुरूङले नेपाल सरकारले बालबालिकाहरूका लागि अति महत्वपूर्ण कानूनहरू निर्माण गरेको तर त्यसको सही र उचित तवरबाट प्रयोग नभएको विषयलाई अगाडि सार्दै सानासाना बालबालिकाहरूको हकहित एवं संरक्षणको लागि आफू सँधै भरी दत्तचित्त भएर लाग्ने बताउनु भएको थियाे । बालबालिकाहरूले पढ्न मात्र हैन खेल्न, रमाउन, विभिन्न क्रियाकलापमा स्वतन्त्रपूर्वक भाग लिन पाउने कुरा संविधानमा व्यवस्था रहेको छ, त्यही कुरालाई कार्यान्वयनमा ल्याउन सानो भए पनि यस विद्यालयले विविध कार्यक्रम आयोजना गरेको छ र आगामी दिनमा यस्ता कार्यक्रमहरू थप परिष्कृत गर्दै लैजाने कुरा पनि बताउनु भएको थियो ।
0 Comments