नाम, थर वा जन्ममिति संशोधन सम्बन्धी परीक्षा नियन्त्रण कार्यालयकाे जरुरी सूचना

मिति २०७९ चैत्र १७ गतेदेखि  २९ गते सम्म सञ्चालित माध्यमिक


शिक्षा परीक्षा (SEE) कक्षा १० को नतिजा मिति २०८०।०३।२१ गते प्रकाशन भइ सकेको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संशोधन सहित) को दफा ४५ अनुसार विद्यार्थीको नाम, थर वा जन्ममिति निजको प्रवेशपत्र/रजिष्ट्रेशन प्रमाणपत्र वा जन्म दर्ता प्रमाण पत्र / नागरिकताको प्रमाणपत्र बमोजिम एसइइको ग्रेडसिट / प्रमाणपत्रमा संशोधन गर्न  पर्ने भएमा उक्त प्रमाणपत्र प्राप्त गरेको मितिले ६ महिनाभित्र संशोधन गरी सक्नुपर्ने व्यवस्था अनुसार तपसिलका अवस्थामा निम्नानुसारका कागजात संलग्न राखी परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पेश गर्न परीक्षा नियन्त्रण कार्यालयले सुचना जारी गरेकाे छ ।

आवश्यक कागजातहरुः

) प्रवेशपत्र/रजिष्ट्रेशन प्रमाणपत्रमा भएको विवरण अनुसार ग्रेडसिट र प्रमाणपत्र संशोधन गर्नुपर्ने अवस्थामाः

१. सक्कल प्रवेशपत्र वा रजिष्ट्रेशन प्रमाणपत्र

२. सक्कल ग्रेडसिट र प्रमाणपत्र

ख) जन्मदर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र बमोजिम ग्रेडसिट र प्रमाणपत्र संशोधन गर्नुपर्ने अवस्थामाः

१. सक्कल ग्रेडसिट र प्रमाणपत्र

२. जन्मदर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३. सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट गरिएको सक्कलै फैसला पर्चा ।

Post a Comment

0 Comments