प्रहरी बरिष्ठ नायव निरिक्षक उज्ज्वल पौडेलको हत्या भएकाे आराेप


बागलुङ जिल्लाकाे वडिगाड गाउँपालिकाकाे होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप जिल्ला प्रहरी कार्यालय बागलुङले लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको भनाई छ ।

२०८०/०४/१० गते एक प्रेस विज्ञप्ती मार्फत मृतक पौडेलको टाउकोमा हात मुक्का प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या गरिएको जनाएको छ । होटलमा पसेका मृतक पौडेल र होटल सञ्चालक आशा कुँवरका आमा छोरा बीच विवाद हुँदा टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

टाउकोमा चोट लागि बेहोस भएर पौडेल भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटी कसी हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली भान्छा कोठामा लुकाई राखेको अवस्थामा फेला परेकोले होटल सञ्चालक ५१ बर्षिया आशा कुँवर र उनका छोरा २० बर्षिय बिनोद कुँवरलाई थप अनुसन्धानका लागि पक्राउ गरिएकाे प्रहरी नायव उपरीक्षक मदन के.सी.ले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख  गरिएकाे छ ।

Post a Comment

0 Comments