बाल मन्दिर प्राथमिक विद्यालयले मनायो ५९ औं राष्ट्रिय बाल दिवस

भदौ २९, २०८०


कुश्मा नगरपालिका वडा नंं. ५ मा रहेको श्री बाल मन्दिर प्राथमिक विद्यालयले  बालबालिकामा लगानीः सुनिश्चत भविषयको थालनी भन्ने मूल नाराका ५९ औं राष्ट्रिय बाल दिवस विद्यालयमा विभिन्न कार्यक्रमहरू आयाेजना गरी भव्यताका साथ सम्पन्न गरेकाे छ ।

विद्यालयले कक्षा १ र २ का लागि चक्लेट दाैड, कक्षा ३, ४ र ५ का लागि चम्चागुच्चा दाैड, र कक्षा २, ३, ४ र ५ का लागि लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरी सम्पन्न गरेकाे हो ।  

चक्लेट दाैडमा कक्षा १ का आनन्द परियार प्रथम, कक्षा २ का प्रेम नेपाली द्वितीय, कक्षा २ का साजन लामगादे तृतीय र कक्षा २ कै सन्ताेषी परियार सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । 

त्यस्तै चम्चागुच्चा दाैडमा प्रथम स्थान कक्षा ५ का सुजल श्रीस, द्वितीय कक्षा ५ का साेनल टमटा, तृतीय कक्षा ४ का विराज परियार, तृतीय स्थान कक्षा ५ का सोमिया खातुन रहेका छन् । 
 

अत्यन्तै रोचक र रमाइलोसँग सम्पन्न गरिएको अर्काे कार्यक्रम लठ्ठो तान्ने प्रतियोगितामा विराज परियार कक्षा ४ काे टिमले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उक्त समुहमा सुजल श्रीष कक्षा ५, अभिशेक परियार कक्षा ३, समर परियार कक्षा ३, अधिस परियार कक्षा ४, ओम टमटा कक्षा २, अम्रिन निसा कक्षा ४, विपना नेपाली कक्षा ४, संस्कृति बोहोरा कक्षा ४, सम्झना सार्की कक्षा ५ रहेका छन् ।

प्रतियोगिता सम्पन्न प्रश्चात पुरस्कार वितरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्र.अ. लोकबहादुर राना मगरले विद्यार्थीभाइवहिनीहरूकाे हकहितको संरक्षणका लागि विद्यालय र विद्यालय परिवार सदैव लागि परिरहने बताउनु भयो । त्यस्तै पुरस्कार वितरण कार्यक्रमको समापनको क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन गुरूङले नेपाल सरकारले बालबालिकाहरूका लागि अति महत्वपूर्ण कानूनहरू निर्माण गरेको तर त्यसको सही र उचित तवरबाट प्रयोग नभएको विषयलाई अगाडि सार्दै सानासाना बालबालिकाहरूको हकहित एवं संरक्षणको लागि आफू सँधै भरी दत्तचित्त भएर लाग्ने बताउनु भएको थियाे । बालबालिकाहरूले पढ्न मात्र हैन खेल्न, रमाउन, विभिन्न क्रियाकलापमा स्वतन्त्रपूर्वक भाग लिन पाउने कुरा संविधानमा व्यवस्था रहेको छ, त्यही कुरालाई कार्यान्वयनमा ल्याउन सानो भए पनि यस विद्यालयले विविध कार्यक्रम आयोजना गरेको छ र आगामी दिनमा यस्ता कार्यक्रमहरू थप परिष्कृत गर्दै लैजाने कुरा पनि बताउनु भएको थियो । 


उक्त क्रियाकलाप कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद तिवारीले समेत निरीक्षण गर्नु भएको थियो । शिक्षकशिक्षिका लगायत अभिभावकहरूको पनि उपस्थिति रहेको उक्त कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समितका अध्यक्ष विपिन गुरूङले गर्नु भएको थियो भने सञ्चालन शिक्षक सोमप्रसाद आचार्यले गर्नु भएको थियो । 

Post a Comment

0 Comments