बाल मन्दिरमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

    पर्वतको कुश्मा नगरपालिका वडा नं.-५, मा रहेकाे श्री बाल मन्दिर प्राथमिक विद्यालयमा अध्ययन गर्ने अतिविपन्न विद्यार्थीहरुलाई प्रिन्स हल मिलिटरी १४१ डिष्ट्रिक २१ क्लबद्वारा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    पर्वत जिल्ला कुश्मा न.पा. वार्ड नं- ८, चुवा निवासी श्री विनोद जि. सी. र शोभा पौडेल जि.सी.को आर्थिक व्यवस्थापनमा यस विद्यालयमा अध्ययन गर्ने ३७ जना विद्यार्थीहरुलाई झोला लगायत शैक्षिक सामाग्री वितरण गरिएको थियाे । २०७९ पुस ८ गते उक्त क्लबले यसै विद्यालयमा अध्ययन गर्ने ३० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी सकेकाे थियाे र त्यस समयमा वितरण गर्न बाँकी रहेका विद्यार्थीहरूलाइ आज वितरण गरिएकाे हो ।

    नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतका सचिव श्री धनराज वि.पाैडेलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे । स्वागत मन्तव्य राख्दै विद्यालयका प्र.अ. लोकबहादुर रानाले सहयाेगीदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

    कार्यक्रमा नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतका कोषाध्यक्ष एवं समाजसेवी सरस्वती भण्डारीले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई यस शैक्षिक सामग्रीले थोरै भएपनि सहयाेग पुग्ने कुरा बताउनु भएकाे थियाे । अझ यस्तै कार्यक्रमहरू निरन्तर रूपमा यस विद्यालयमा ल्याउने प्रतिबद्धता पनि मन्तव्यकै क्रममा व्यक्त गर्नु भयो ।

    शैक्षिक सामग्री व्यवस्थापनकाे चाँजाेपाँजाे मिलाउन मुख्य भूमिका खेल्नु भएका शोभा पाैडेल जि.सी.ले उक्त कार्यक्रममा बाेल्दै शैक्षिक सामग्री वितरण गर्न पाउँदा ज्यादै खुसी भएकाे र समय मिलाएर अन्य कार्यक्रम पनि याेजना गर्ने उहाँले बताउनु भएकाे थियाे । विद्यार्थी भाइबहिनीहरूलाइ शैक्षिक सामग्री वितरण गर्दै घरमा र विद्यालयमा अनुशासित भएर अध्ययन गर्न विद्यार्थी भाइबिहनीहरूलाइ हाैसला प्रदान गर्नु भएको थियाे ।

    श्री बाल मन्दिर प्राथमिक विद्यालयका अध्यक्ष विपिन गुरूङले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले शैक्षिक सामग्री प्राप्त गरेकाेमा आफू ज्यादै खुसी भएकाे कुरा व्यक्त गर्दै यस्ता कार्यक्रमहरू विद्यालयले सहजै स्वीकार्ने र आवश्यक समन्वय एवं सहयाोग समेत गर्ने बताउनु भएको थियाे ।

    कार्यक्रममा सहयाेगदाता शाेभा पाैडेल जि.सी.लाई मायाको चिनाे विद्यालय व्यवस्थापन समितका अध्यक्ष विपिन गुरूङ र प्र.अ. लाेकबहादुर रानाले संयुक्त रूपमा प्रदान गर्नुभएकाे थियाे ।

   कार्यक्रमकाे समापन गर्ने क्रममा बाेल्दै कार्यक्रमका अध्यक्ष धनराजि वि. पाेख्रेलले विद्यार्थी भाइबहिनीहरूलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा पुण्यलाभ भएको भन्दै फ्नो जन्मदिनको अवसरमा पनि यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि के वश्यक छ त्यही सहयोग उपलब्ध गराउने कुरा पनि जानकारी गराउनु भयाे ।

    नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतका सचिव धनराज वि. पाेख्रेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमकाे सञ्चाल यसै विद्यालयका शिक्षक साेमप्रसाद आचार्यले गर्नुभएकाे थियाे ।




Post a Comment

0 Comments